• सोमबार, साउन १८ २०८३

सिभिल अस्पताल पदपूर्ति प्रकरण: व्यवस्थापक र कर्मचारीवीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता


सोमबार, चैत्र १३ २०७९
1.2K
Shares

काठमाडौँ । कर्मचारी पदपूर्तिको विज्ञापनमा आपत्ति जनाउँदै सिभिल सर्भिस अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले २ हप्तादेखि गर्दै आएकाे आन्दोलनरत फिर्ता भएकाे छ ।

आज सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएकाे वार्तामा अस्पताल ब्यवस्थापन र कार्यरत चिकित्सक कर्मचारीवीच भएकाे ६ बुदे सहमतीपछि आन्दाेलन फिर्ता भएकाे हाे ।

फागुन ३० गते अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढीसङ्ख्यामा कर्मचारीको आवेदन मागेपछि कार्यरत चिकित्सकसहित कर्मचारीहरु २ हप्तादेखि विभिन्न विरोधका कार्यक्रमसहित चरणबद्ध आन्दोलनमा थिए।

अस्पतालमा क्रियाशिल मुख्य तिन सङ्गठन, निजामती कर्मचारी अस्प्ताल कर्मचारी यूनियन, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ र डाक्टर्स एसोसियसनको संयुक्त नेतृत्वमा आन्दोलन भएकाे थियाे ।

छलफलपछि कर्मचारीले अस्पताल परिसरमा गत चैत ७ गतेदेखि जारी रिले अनसन स्थगित गर्ने, अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पाैडेलकाे कार्यकक्षमा लगाइएकाे ताला खाेल्ने, विराेधका कुनैपनि कार्यक्रम नगर्ने सहमती बनेकाे बताइएकाे छ ।

अस्पतालका उपसचिव कृष्णप्रसाद सापकोटाका अनुसार निजामती कर्मचारी अस्पताल (कर्मचारीको सेवाका सर्त र सुविधा) विनियमावली र निजामती कर्मचारी अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमा आवश्यक संशोधन तथा परिमार्जन चिकित्सक, कर्मचारी र कर्मचारी युनियनको प्रतिनिधित्वमा एक महिनाभित्र पेस गर्ने, अस्पतालको समग्र गुणस्तर सुधारका लागि सबै पक्षको सहभागी गराउने, ज्यालादारीमा कार्यरत कर्मचारीको सम्बन्धमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राखी स्वीकृत करार कार्यविधि, २०७८ अनुसार स्वीकृत दरबन्दीमा पदपूर्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । 

यस्तै अस्पतालको समग्र गुणस्तर, वित्तीय स्थिति, जनशक्ति योजना, कर्मचारीको हित र उत्प्रेरणासमेतलाई दृष्टिगत गरी अस्पताल व्यवस्थापन चिकित्सक र कर्मचारी सम्मिलित समितिको प्रतिवेदनका आधारमा स्वीकृत करार कार्यविधि बमोजिम हाल करारमा कार्यरत (परीक्षामा सहभागी नहुनेसमेत) चिकित्सक/कर्मचारीलाई प्राथमिकता दिई सेवाको सुनिश्चतता गर्न निजामती कर्मचारी अस्पताल विकास समितिमा पेस गर्ने पनि सहमति भएको छ । 

आज भएको छ बुँदे सहमति यस प्रकार छ:

याे पनि पढ्नुहाेस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार