• शुक्रबार, साउन ८ २०८३

देशभरमै ‘उत्कृष्ट मावि’ घोषित हुँदै गोरखाको द ओल्ड क्यापिटललाई राष्ट्रिय शिक्षा सम्मान


शनिबार, बैशाख १९ २०८३
17.5K
Shares

काठमाडौँ । गोरखाको द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले राष्ट्रिय स्तरमा ठुलो सफलता हासिल गरेको छ। देशभरका हजारौँ माध्यमिक विद्यालयहरूमध्येबाट विभिन्न विद्याको मूल्याङ्कनमा ‘उत्कृष्ट मावि’ घोषित हुँदै ओल्ड क्यापिटलले राष्ट्रिय शिक्षा सम्मान २०८३ प्राप्त गरेको हो।

सामाजिक अभियानमा सक्रिय संस्था फोकस नेपालले शनिबार नेपाल पुलिस क्लब काठमाण्डौमा आयोजना गरेको एक समारोहका बीच विद्यालयलाई यो राष्ट्रिय सम्मान प्रदान गरिएको हो।

उक्त समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष लीला कुमारी भण्डारी र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले संयुक्त रूपमा विद्यालयका अध्यक्ष सुरेन्द्र कुवँर र प्रधानाध्यापक जनक केसीलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए। यस विद्यालयले देशको शैक्षिक क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

ओल्ड क्यापिटललाई उत्कृष्ट मावि घोषित गर्नुमा विद्यालयको पर्याप्त भौतिक पूर्वाधार, दक्ष तथा अनुभवी शिक्षक-शिक्षिकाद्वारा प्रदान गरिने समयसापेक्ष र प्रतिस्पर्धी शिक्षालाई मुख्य आधार मानिएको छ। यसका साथै विद्यार्थीहरूको चौतर्फी विकासका लागि गरिने अतिरिक्त क्रियाकलाप, दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिका र विगतका वर्षहरूमा हासिल गरेको उत्कृष्ट शैक्षिक नतिजाले विद्यालयलाई यो स्थान दिलाएको संस्थाका अध्यक्ष पोखरेलले बताए ।

गोरखा जिल्लामा सबैभन्दा धेरै विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न सफल यस विद्यालयमा हाल २ हजार ५ सयभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन्।

विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको निस्वार्थ सेवाभावको प्रशंसा गर्दै आयोजक संस्थाले आगामी दिनमा राष्ट्रको शैक्षिक विकासमा ओल्ड क्यापिटलबाट अझ ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार