• शुक्रबार, साउन ८ २०८३

मुख्य विषयमा ‘A+’ ल्याउने विद्यार्थीको स्वास्थ्यमा लागेको ‘ब्रेक’ हट्यो, ओल्ड क्यापिटलको नतिजा शतप्रतिशत


मंगलबार, बैशाख १५ २०८३
9.6K
Shares

गोरखा । गोरखा नगरपालिकाद्वारा सञ्चालित २०८२ सालको कक्षा ८ (आधारभूत तह) को ग्रेड वृद्धि परीक्षामा द ओल्ड क्यापिटल माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। उक्त परीक्षामा सामेल भएका विद्यालयका सबै विधार्थी उत्तीर्ण भएका हुन्।

यसअघि नियमित परीक्षामा सामेल भएका १४२ जना विद्यार्थीमध्ये ५० जनाले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने अवस्था आएको थियो। ग्रेड वृद्धिमा परेका अधिकांश विद्यार्थीहरुले गणित, विज्ञान, अंग्रेजीसहितका मुख्य बिषयमा ‘ए प्लस’ ल्याएपनि स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा अनुत्तीर्ण हुँदा पुन परिक्षा दिनु परेको प्रिन्सिपल जनक केसीले बताए । तर, विद्यालयको विशेष तयारी र विद्यार्थीको मेहनतले अन्ततः सबै विद्यार्थीहरू सफल भएका छन्।

जिल्लाकै अग्रणी शैक्षिक संस्थाः हजारौ विद्यार्थी र अभिभावकको भरोसा

विगत ३० वर्षदेखि (२०५२ सालदेखि) निजी क्षेत्रको लगानीमा गोरखा सदरमुकामस्थित रानीवनमा सञ्चालित द ओल्ड क्यापिटल मावि जिल्लाकै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा परिचित छ। हाल यस विद्यालयमा २५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जुन जिल्लाकै सबैभन्दा बढी विद्यार्थी संख्या हो।

विद्यालयको शैक्षिक साख र अभिभावकको विश्वासकै कारण हाल नयाँ शैक्षिक सत्रमा मात्रै ३ सय ५० भन्दा बढी नयाँ विद्यार्थी थपिएका छन्। यसले विद्यालयप्रतिको आकर्षण र गुणस्तरलाई थप प्रष्ट पारेको प्रिन्सिपल केसी बताउँछन् । ‘यो बर्ष मात्रै ३५७ जना नयाँ बिधार्थी भर्ना भइसकेका छन्, यो संख्या यत्तिकै थपिएको होइन, हाम्रो मेहनत र विद्यालयको शैक्षिक गुणस्तर हेरेर अभिभावकले गर्नुभएको भरोसाले हो’ उनले थपे ‘हरेक विधार्थीको भविष्यप्रति हामी संवेदनशिल छौ, अभिभावकले गर्नुभएको यो विश्वासलाई हामी कदापी टुट्न दिने छैनौ ।’

ग्रेड वृद्धिको नतिजा सार्वजनिक भएसंगै विद्यालय प्रशासनले एक विज्ञप्ति जारी गर्दै कठिन परिश्रम र लगनशीलताका साथ परीक्षामा सामेल भई सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेको छ।

विज्ञप्तिमा भनिएको छ ‘विद्यार्थीहरूको अथक प्रयास र शिक्षकहरूको सही मार्गदर्शनकै कारण हामीले यो नतिजा हासिल गर्न सफल भएका हौं। स्वास्थ्य जस्तो विषयमा प्राविधिक कारणले रोकिएका विद्यार्थीहरूले ग्रेड वृद्धिमा देखाएको नतिजा प्रशंसनीय छ।’

त्यस्तै विज्ञप्तिमा विद्यालयको प्रतिष्ठामा आँच पुऱ्याउने उद्देश्यले फैलाइएका नकारात्मक चर्चा वा होहल्लाप्रति विद्यालयले ध्यानाकर्षण भएको जनाएको छ। बाहिर जे–जस्ता अफवाह फैलिए पनि विद्यालय आफ्नो शैक्षिक मर्म, अनुशासन र गुणस्तरमा सधैँ अडिग रहेको प्रशासनले दाबी गरेको छ।

‘बजारमा चल्ने अनावश्यक होहल्लालाई वास्ता नगरी सम्पूर्ण अभिभावकहरूले विद्यालयप्रति देखाउनुभएको अगाध भरोसा र योगदानको हामी उच्च कदर गर्दछौं’, विद्यालयद्वारा जारी सन्देशमा भनिएको छ, ‘आगामी दिनमा पनि अभिभावकहरूको यो साथ र सहयोग निरन्तर रहने अपेक्षा गर्दछौं।’

ओल्ड क्यापिटलले प्लस टु समेत सञ्चालन गरिरहेको छ । जहाँ ब्यवस्थापन, कानून, शिक्षा, होटल मेनेजमेण्ट, साइन्स लगायत सिटिइभिटि अन्र्तगत एचए, फार्मेसी र सिभिल इन्जिनियरिङ समेत अध्यापन गराइरहेको विद्यालय प्रशासनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार