• शनिबार, साउन ९ २०८३

सिभिल अस्पतालका कर्मचारीले गरे कार्यकारी निर्देशकको अफिसमा तालाबन्दी


सोमबार, चैत्र ६ २०७९
1.9K
Shares

काठमाडौँ । सिभिल अस्पतालका चिकित्सक र कर्मचारीले कार्यकारी निर्देशकको कार्यकक्षमा ताला लगाएका छन् ।

कर्मचारी पद पूर्तिसम्बन्धी विज्ञापनप्रति असन्तुष्टि जनाउदै उनिहरुले बिरोध स्वरुप कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको कार्यकक्षमा तालाबन्दी गरेका हुन्

फागुन ३० गते सूचना प्रकाशन गरेर अस्पतालले विभिन्न पदमा ३५० भन्दा बढी कर्मचारी माग गरेपछि अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले निरन्तर बिरोध गरिरहेका छन् ।

अस्पतालमा क्रियाशिल कर्मचारी यूनियन, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनले संयुक्त रुपमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

अस्पतालको सेवालाई नियमित सञ्चालन गर्दै प्रशासनीक कामकाजमा अवरोध पु¥याउने उदेश्यले तालाबन्दी गरिएको निजामती कर्मचारी अस्पताल कर्मचारी यूनियनका अध्यक्ष सन्तोष धिमालले जानकारी दिए । माग पूरा नहुञ्जेल ताला खोल्ने पक्षमा आफूहरु नरहेको उनले सिभिलखबरलाई बताए ।

त्यस्तै आन्दोलनरत उनिहरुले मंगलबारदेखि २४ घण्टे रिने अनशन बस्ने तयारी समेत गरेका छन् । उनीहरुले पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्न, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर्न माग गरिहेका छन् ।

त्यस्तै विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्नसमेत व्यवस्थापन पक्षसँग माग गरिएको अध्यक्ष धिमालले बताए ।

यो पनि पढ्नुहोस्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार