• शनिबार, साउन ९ २०८३

सिभिलमा व्यवस्थापक र कर्मचारीबीच विवाद चर्कियो, डाक्टर र कर्मचारीले मागे कार्यकारी निर्देशकको राजीनामा


बिहिबार, चैत्र २ २०७९
2.1K
Shares

काठमाडौँ । सिभिल अस्प्तालका चिकित्सक र कर्मचारीले कार्यकारी निर्देशकको राजिनामा मागेका छन् ।

अस्पतालले केहिदिन अघि बिभिन्न पदका लागि ३ सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल ब्यवस्थापन पक्ष र कार्यरत चिकित्सक तथा कर्मचारीवीच विवाद उत्पन्न भएको थियो ।

सोही विषयलाई लिएर असन्तुष्ट चिकित्सक, कर्मचारीले अस्पतालका कार्यकारी निर्देशक डा विधाननीधि पौडेलको राजिनामा मागेका हुन् ।

अस्पताल ब्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको उनिहरुको आरोप छ । बर्षौदेखि कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको हित र मर्म विपरित ब्यवस्थापन एकलौटी लागेको भन्दै उनिहरुले आन्दोलन समेत घोषणा गरेका छन् ।

सिभिल अस्पतालमा क्रियाशिल कर्मचारी यूनियनका, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनद्धारा संयुक्त रुपमा आन्दोलन गरेका हुन् । आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने तर अस्पतालको नियमित सेवा भने खुला नै रहेको डाक्टर्स एसोसियसनका महासचिब डा दिपेश केसीले सिभिलखबरलाई जानकारी दिए ।

उनिहरुले आज बिरोध स्वरुप कालो ब्यानरमा आफ्ना मागहरु लेखेर अस्पतालमा टाँसेका छन् । ब्यानरमा ६ वटा माग लेखिएको छ । जसमा असक्षम कार्यकारी निर्देशक राजिनामा गर, पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर जस्ता नारा लेखिएको छ ।

त्यस्तै विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्न समेत उनिहरुले ब्यवस्थापन पक्षसंग माग गरेका छन् ।

असन्तुष्ट पक्षले आजै थप आन्दोलन समेत घोषणा गर्ने सम्भावना रहेको एक कर्मचारीले बताए ।

यो पनि पढ्नुहोस :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार