पदपूर्ति प्रक्रियाविरुद्ध उत्रिए सिभिल अस्पतालका डाक्टर र कर्मचारी

काठमाडौँ । काठमाडौँको सिभिल सर्भिस अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीले पदपूर्ति प्रक्रियाको विरोधमा आन्दोलनको घोषणा गरेका छन् ।

आज मङ्गलबार अस्पतालले पदपूर्तिका लागि विभिन्न ३५० जना भन्दा बढीका लागि आवेदन मागेपछि त्यहाँ कार्यरत चिकित्सक र कर्मचारीले विरोध जनाएका हुन् ।

आज सिभिल अस्पतालमा क्रियाशिल कर्मचारी यूनियनका अध्यक्ष सन्तोष धिमाल, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घका अध्यक्ष दिनेश पन्त र डाक्टर्स एसोसियसनका अध्यक्ष डा दिपेश केसीद्धारा संयुक्त विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले आन्तरिक कर्मचारीको हित विपरित विज्ञापन निकालेको आरोप लगाइएको छ ।

तिनै जनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा यसअघि कर्मचारी र प्रशासनबीच भएको सहमति विपरित …