काठमाडौँ । ठूलो सङ्ख्यामा पदपूर्ति सम्बन्धी विज्ञापन आह्वान भएपछि सिभिल अस्प्ताल व्यवस्थापन र कार्यरत चिकित्सक तथा कर्मचारीबीच विवाद चर्किएको छ ।
अस्पतालले केही दिन अघि विभिन्न पदका लागि ३ सय ५० भन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेपछि अस्पताल बव्यवस्थापन र चिकित्सक तथा कर्मचारीबीच विवाद सिर्जना भएको थियो ।
व्यवस्थापनले एकलौटी ढङ्गबाट निर्णय गर्दै कार्यरत कर्मचारीलाई पेल्न खोजेको भन्दै अस्पतालमा क्रियाशिल कर्मचारी यूनियनका, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनले हाल हरेक दिन धर्नाका कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।
उनीहरुले आफ्ना मागहरु लेखिएको प्लेकार्डसहित अस्प्ताल प्रशासनमा धर्नालाई अघि बढाइरहेका छन् । उनीहरुले पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्न, अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायीत्वको सुनिश्चित गर्न माग गरिहेका छन् ।
त्यस्तै विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्न, रिक्त दरबन्दीमा ओ एण्ड एम मात्र गरेर विज्ञापन गर्न र दैनिक ज्यालादारी र सेसनमा कर्मचारी नियुक्ति बन्द गर्नसमेत उनिहरुले व्यवस्थापन पक्षसँग माग गरिएको निजामती सेवा अस्पताल कर्मचारी यूनियनका अध्यक्ष सन्तोष धिमालले जानकारी दिए । हालसम्म अस्पतालको सेवा प्रवाहमा धर्ना तथा आन्दोलनले प्रभावित नबनाएको समेत उनले स्पष्ट पारे ।
माग सुनुवाई नभए सामुहिक राजीनामा
कर्मचारी यूनियनका अध्यक्ष धिमालका अनुसार भोलिसम्म माग सुनुवाई नभए सामुहिक राजीनामाको तयारी भएको छ ।
‘हामीले अहिलेसम्म अस्पतालको सेवा प्रवाहलाई अफ्ट्यारो बनाउने गरी कार्यक्रम डिजाइन गरेका छैनौँ, अझै बव्यवस्थापनले हाम्रो माग सुनुवाई नगरी एक पक्षीय ढंगबाट पेलेर अघि बढ्न खोज्छ भने हामी चुप बस्दैनौ’ अध्यक्ष धिमालले सिभिलखबरलाई भने ‘आइतबार विभागिय जिम्मेवारीबाट सम्पूर्ण चिकित्सक, कर्मचारीहरुले सामुहिक राजीनामा दिने निर्णय गरेका छौ ।’
सिभिल अस्पतालमा करिब ३५ जना जति विभागिय जिम्मेवारीमा छन् । जस अनुसार विभिन्न डिपार्डका हेड, यूनिटका इन्चार्जहरु छन् ।
यो पनि पढ्नुहोस