सिभिल अस्पताल पदपूर्ति विवाद : विभागीय जिम्मेवारीबाट सामुहिक राजीनामा गर्ने तयारीमा कर्मचारी

काठमाडौँ । ठूलो सङ्ख्यामा पदपूर्ति सम्बन्धी विज्ञापन आह्वान भएपछि सिभिल अस्प्ताल व्यवस्थापन र कार्यरत चिकित्सक तथा कर्मचारीबीच विवाद चर्किएको छ ।

अस्पतालले केही दिन अघि विभिन्न पदका लागि ३ सय ५० भन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेपछि अस्पताल बव्यवस्थापन र चिकित्सक तथा कर्मचारीबीच विवाद सिर्जना भएको थियो ।

व्यवस्थापनले एकलौटी ढङ्गबाट निर्णय गर्दै कार्यरत कर्मचारीलाई पेल्न खोजेको भन्दै अस्पतालमा क्रियाशिल कर्मचारी यूनियनका, अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मचारी महासङ्घ र डाक्टर्स एसोसियसनले हाल हरेक दिन धर्नाका कार्यक्रमलाई अगाडि बढाइरहेको छ ।

उनीहरुले आफ्ना मागहरु लेखिएको प्लेकार्डसहित अस्प्ताल प्रशासनमा धर्नालाई अघि बढाइरहेका छन् । …