• शनिबार, साउन ९ २०८३

बालेनले रोकेको शैक्षिक मेला आजबाट फेरी सञ्चालनमा आयो


शुक्रबार, असार ८ २०८०
1.4K
Shares

काठमाडौं । उच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर (शैक्षिक मेला) आज शुक्रबारबाट पुनः सञ्चालनमा आएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा असार ८, ९ र १० गते मेला पुनः सञ्चालन हुने जानकारी गराएको हो ।

मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिनसक्ने आयोजकले बताएको छ ।

गत जेठ ३२ गते सञ्चालन भएको मेला काठमाडौं महानगरपालिकाले अनुमति नलिइकन सञ्चालन गरेको भन्दै बन्द गराएको थियो ।

यो पनि पढ्नुहोसः

बालेनले रोकेको शैक्षिक मेला उच्च अदालतको आदेशपछि फेरि सञ्चालन हुने

बालेनको निर्णय विरुद्ध उच्च अदालतको आदेशः ‘शैक्षिक मेला नरोक्नु’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार