• शनिबार, साउन ९ २०८३

बालेनको निर्णय विरुद्ध उच्च अदालतको आदेशः ‘शैक्षिक मेला नरोक्नु’

संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने


बुधबार, असार ६ २०८०
1.4K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र रमेश ढकालको संयुक्त इजलासमा भएको दोहोरो बहसपछि हिसान शैक्षिक मेला बन्द नगर्न आदेश भएको हो ।

शैक्षिक मेला सुरू भएकै दिन महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा गएका नगर प्रहरीले मेलास्थल खाली गराएका थिए ।

महानगरपालिकासँग समन्वय नगरी मेला आयोजना गरिएको भन्दै मेयर शाहले बन्द गराएका थिए । त्यसका विरुद्ध उच्च माध्यमिक विद्यालय एशोसियसन हिसान अदालत गएको थियो । संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रममा स्थानीय तहको अनुमति नचाहिने भन्दै उच्च अदालतले हिसान शैक्षिक मेला नरोक्न भनेको हो ।

हिसानको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, रमेश बडाल, सुनिल पोखरेल र रमण कर्णले बहस गरेका थिए भने महानगरपालिकाको तर्फबाट ओमप्रकाश अर्यालले बहस गरेका थिए । हिसान शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेर विद्यार्थी तथा अभिभावकलाई शैक्षिक परमर्श दिइरहेका थिए ।

यो पनि पढ्नुहोस 

आजदेखि सुरु भएको शैक्षिक मेलामा काठमाडौं महानगरको हस्ताक्षेप, यस्तो छ कारण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार