आजदेखि सुरु भएको शैक्षिक मेलामा काठमाडौं महानगरको हस्ताक्षेप, यस्तो छ कारण

काठमाडौं। भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेको छ।
प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै मेलामा महानगरले हस्ताक्षेप गरी बन्द गराएको हो ।
महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्याहाका स्टलहरु हटाएका छन् ।
एसईई र १२ कक्षाको नतिजा नै नआउदै स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, खवाव दिने गर्ने कार्य भएको भन्दै मेला रोकिएको महानगरले जनाएको छ ।
एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले …