• शुक्रबार, साउन ८ २०८३

मनकामना जीप दुर्घटनाः प्रधानमन्त्री दाहालद्वारा शोक व्यक्त, गाउँपालिकामा सार्वजनिक विदा


शुक्रबार, असार ८ २०८०
1.7K
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।

शुक्रबार बिहान सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी शहीद लखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापाको मृत्यु भएको थियो ।

प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ‘गोरखा जिल्लाको शहीद लखन गाउँपालिका ३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

त्यस्तै सोही क्षेत्र गोेरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले समेत दुर्घटना भएकोमा दुख ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत दुर्घटनाप्रति दुख प्रकाट गर्दै घाइतेको शिघ्र लाभको कामना समेत समेत गरेका छन् ।

त्यस्तै दुर्घटनापछि परी ५ जनाको मृत्यु भएकोमा शहिद लखन गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।

एक विज्ञप्ती प्रकाशित गर्दै पालिकाले दुर्घटनामा परि गाउँपालिकाभित्रका पाँच जनाको मृत्यु र १२ जना घाइते भएको भन्दै दुख ब्यक्त गरी आज पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

दुर्घटनामा परी १२ जना घाइते छन् । जसमा सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दिपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ९ जनाको तनहुँको आँबुखैरेनीमा र ३ जनाको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मनकामना जीप दुर्घटना अपडेट: मृतक पाँच र १२ जना घाइतेको पहिचान खुल्यो (नामसहित)

गोरखाको मनकामनामा बेहुला बेहुली बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु, १२ घाइते

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार