गोरखा । गोरखामा बिहेमा प्रयोग भएको जीप दुर्घटना हुदा मृत्यु हुने सबैको सनाखत भएको छ । शुक्रबार बिहान सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ५ जनाको मृत्यु र १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले सिभिलखबरलाई जानकारी दिए ।

मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनमा परि शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापाको मृत्यु भएको डिएसपी लामिछानेले पुष्टि गरे ।
दुर्घटनामा परी १२ जना घाइते छन् । जसमा सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दिपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ९ जनाको तनहुँको आँबुखैरेनीमा र ३ जनाको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
योपनि पढ्नुहोस्
गोरखाको मनकामनामा बेहुला बेहुली बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु, १२ घाइते