गोरखा । गोरखाको मनकामनामा जीप दुर्घटना भएको छ ।
गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
शहिद लखन गाउँपालीका ३ को सिलिङ कोटगाउँबाट वडा नम्बर ५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा अमलडाँडा भने स्थानमा जीप दुर्घटना भएको हो ।
दुर्घटनामा परी हालसम्म ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले सिभिलखबरलाई जानकारी दिए । ‘हामी अहिले घटनास्थलमा छौ, अहिलेसम्म ४ पुरुष र १ महिलाको शव फेला परेको छ’ उले भने ‘तर पहिचान हुन बाँकी नै छ ।’
त्यस्तै दुर्घटनामा गरी १२ जना घाइते भएका छन् । उनिहरुलाई तनहुँ स्थित आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उचारका लागि पठाइएको र २ जनालाई भने सो अस्पतालले थप उपचारका लागि चितवन रिफर गरेको उनले बताए ।
दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नंबरको बोलेरो जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान तीनबजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडकबाट करिब दुईसय मिटर तल खसेर जीप दुर्घटना भएको डिएसपी लामिछानेले जानकारी दिए आफू भर्खर घटनास्थल पुगेको र मृतक तथा घाइतेहरुको पहिचान नखुलिसकेको उनले जानकारी दिए ।