मनकामना जीप दुर्घटना अपडेट: मृतक पाँच र १२ जना घाइतेको पहिचान खुल्यो (नामसहित)

गोरखा । गोरखामा बिहेमा प्रयोग भएको जीप दुर्घटना हुदा मृत्यु हुने सबैको सनाखत भएको छ । शुक्रबार बिहान सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ५ जनाको मृत्यु र १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले सिभिलखबरलाई जानकारी दिए ।

मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनमा परि शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा …