• शनिबार, साउन ९ २०८३

बालेनको चेतावनीले डराए विद्यालय कर्मचारी, निर्वाध पठनपाठन


आइतबार, असार ३ २०८०
1.5K
Shares

काठमाडौँ । आफ्नो माग सम्बोधन नभएको भन्दै देशभरका समुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको नेपाल विद्यालय कर्मचारी परिषद्ले काठमाडौं महानगरभित्रका विद्यालय भने बन्द गराउन सकेन । शुक्रबार विज्ञप्ती जारी गर्दै आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराउने घोषणा गरेपनि काठमाडौं महानगरमा भने निर्वाध पठनपाठन भइरहेको छ ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरे लगत्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र फौजदारी मुद्दा लगाउने चेतावनी दिएका थिए ।

मेयरको चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुला रहेका हुन् । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालय, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू, एवं विद्यालय व्यवस्थापन समितिलाई विद्यालयहरूमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई पदबाट हटाइने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने चेतावनी महानगरले दिएको थियो ।

त्यस्तै इटहरी उपमहानगरपालिका, गोरखाको आरुघाट गाउँपालिका, घोराही उपमहानगरपालिका लगायतका स्थानीय तहले समेत विद्यालय बन्द गर्नेमाथि कारबाहीको चेतावनी दिएका छन् ।

यो समाचारपनि पढ्नुहोस्

‘विद्यालय शान्ति क्षेत्र हो, बन्द गरे कारबाही’

आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा

आन्दोलित विद्यालय कर्मचारीसंग वार्ता गर्न सरकारले बनायो समिति टोली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार