• शुक्रबार, साउन ८ २०८३

आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा


शनिबार, असार २ २०८०
3.6K
Shares

काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले असार ३ गते देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो ।  परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ ।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग  राख्दै आएको छ ।

यसैक्रममा नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर  बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् आन्दोलनमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार