आन्दोलित विद्यालय कर्मचारीसंग वार्ता गर्न सरकारले बनायो समिति टोली
काठमाडौँ । आन्दोलनरत विद्यालय कर्मचारीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।
शिक्षा सचिव रामकृष्ण सुवेदीले आन्दोलनरत कर्मचारीका मागबारे छलफल गर्न वार्ता समिति गठन गरिएको हो। वार्ता समितिमा अर्थ मन्त्रालय र संघिय मामिला मन्त्रालयका प्रतिनिधिसहित ५ सदस्य रहेका छन्। उनीहरूलाई आइतबारदेखि वार्ता गर्नको लागि पत्र दिइनेछ।
मन्त्रालयले समिति गठन गरेकै दिन विद्यालय कर्मचारीहरूले थप आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेका छन्।
नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले वार्ताका …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed