• आइतबार, साउन १० २०८३

प्रशासनले बन्द गरायो पत्थरीको अप्रेसन गर्दा किड्नी झिक्ने सहित दुइ अस्पताल


बुधबार, भाद्र २७ २०८०
8.8K
Shares

काठमाडौं ।  धनगडीमा अबैध रुपमा सञ्चालन भइरहेका धनगढीका दुई अस्पताल तुरुन्त बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन दिएको छ ।

धनगढीको स्वस्तिक अस्पताल र संजिवनी अस्पताल बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वमा भएको अनुगमनका क्रममा ती दुवै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएपछि तुरुन्त बन्द गर्न निर्देशन दिइएको हो ।

अनुमति विना सञ्चालित स्वस्तिक हस्पिटलले केही साता अघि मात्रै पत्थरीको अप्रेसन गर्दा बिरामीको किड्नी झिकेपछि बिरामीको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्

पत्थरीको अप्रेसन गर्न अस्पताल पुगेका विरामीको डाक्टरले किड्नी झिकेपछि…

प्रशासनको निर्देशन अटेर गरी बन्द नगरे बुधबार प्रहरीको सहयोगमा अस्पताल सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

सम्बन्धित समाचार

बिरामीको मृत्युमा स्वस्तिक अस्पतालले स्वीकार्‍यो त्रुटि, पीडित परिवारलाई २२ लाख क्षतिपूर्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार