• आइतबार, साउन १० २०८३

बिरामीको मृत्युमा स्वस्तिक अस्पतालले स्वीकार्‍यो त्रुटि, पीडित परिवारलाई २२ लाख क्षतिपूर्ति


बुधबार, भाद्र १३ २०८०
1.8K
Shares

धनगढीको स्वस्तिक अस्पतालले कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु हुनुमा गल्ती भएको स्वीकार गरेको छ।

अपरेसन गर्ने क्रममा त्रुटि हुँदा अत्याधिक रक्तश्राव भएर चौधरीको मृत्यु भएको अस्पतालले स्वीकारेको हो।

छलफलका क्रममा अस्पतालका अध्यक्ष महेश जोशीले बिरामीको पत्थरीको अपरेसन गर्दा त्रुटि हुन पुगेको स्वीकारेको मृतकका भतिज राजकुमार दहितले बताए।

पीडित परिवारसंग अस्पतालले २२ लाख रुपैयाँ क्षतिपूर्ति रकम दिने सहमति पनि गरेको छ।

अस्पतालकै कमजोरीका कारण बिरामीले ज्यान गुमाएकाले राहतस्वरूप अस्पतालसँग क्षतिपूर्तिको माग गरेको उनले बताए।

मृतकका एमबिबिएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरी, मृतकका २ छोरीहरूको विवाह खर्च र लालनपालन अस्पतालले व्यहोर्ने सहमति भएको छ।

यस्तै, उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाहीका लागि छानविन गर्ने पनि सहमति भएको छ। घटनाको छानबिन समिति गठन गरेर प्रतिवेदन तयार पारिनेछ।

याे पनि पढ्नुहाेस्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार