• शनिबार, साउन ९ २०८३

पत्थरीको अप्रेसन गर्न अस्पताल पुगेका विरामीको डाक्टरले किड्नी झिकेपछि…


सोमबार, भाद्र ११ २०८०
2.5K
Shares

काठमाडौं । धनगढीको स्वस्तिक अस्पतालमा किड्नीको पत्थरीको अप्रेसनको क्रममा डाक्टरले किड्नी नै झिकेपछि बिरामी कोमामा पुगेका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० का ५५ वर्षीय ऐजनलाल चौधरीको दुबै किड्नीमा पत्थरी भई अप्रेसनका लागि गत शनिबार अस्पताल भर्ना गरी अस्पतालका डा. जोनस तिवारीको नेतुत्वमा गरिएको अप्रेसनमा नशा काटिइ अवस्था बिग्रिएको थियाे ।

सुरुमा अप्रेसन सफल भयो भनिएपनि केहिसमय पछि बिरामीको पेट पुरै फुल्यो र बेहोस भए । पछि बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएको जानकारी भएको भतिजा राजकुमार चौधरीले जानकारी दिए ।

पछि पुनः डाक्टरले अप्रेसन गरेर नशा काटिएको किड्नी नै झिकिदिए पछि बिरामीको अवस्था झन बिग्रियो । केहिसमय पछि डाक्टरले अब सकिँदैन भनेर निस्किएको उनले बताए ।

अस्पतालले अप्रेसन पछि अत्यधिक रक्तश्राव रोक्न किड्नी झिकिएको र त्यसले पनि नरोकिएको स्वीकार गरेका छन् । अप्रेसन बारे डाक्टरसँग स्पष्टीकरण सोधिने अस्पताल अध्यक्ष महेश जोशीले बताए ।

आफन्तले अस्पतालको लापरवाहीका कारण बिरामीको ज्यान गएको सम्बन्धमा सत्य तथ्य छानविन गरी डाक्टरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । यद्धपी अस्पतालले चौधरीलाई अझै मृत घोषणा गरेको छैन ।

तस्विर: फाइल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार