• शुक्रबार, साउन ८ २०८३

देशका ७४ जिल्लामा फैलियो डेंगु, १० हजार बढीलाई संक्रमण


बिहिबार, साउन २५ २०८०
2K
Shares

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्कमा देशभरमा गरी दश हजार सात सय २६ जनालाई डेंगु संक्रमण देखिएको जनाएको छ । हालसम्म ७४ जिल्लामा संक्रमण फैलिएको छ महाशाखाको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै डेंगुको संक्रमणबाट सात जनाको मृत्यु भएको महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले जानकारी दिएका छन् ।

संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ। महाशाखाका अनुसार सुनसरीमा छ हजार ४१ जनामा डेंगु संक्रमण देखिएको छ।

लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु संक्रमण बढिरहेको उनले बताए।

यसैगरी डेंगु संक्रमण बढ्दै जाने हो भने भदौ र असोजमा उच्च हुने उनको भनाई छ । अघिल्लो बर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो।

यस्तै स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिन समेत  आग्रह छ।

यो पनि पढ्नुहोस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार