• आइतबार, साउन १० २०८३

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तनको निर्णय कार्यान्वयन नगर्न सर्बाेच्चकाे अन्तरिम आदेश


बुधबार, असार २७ २०८०
1.1K
Shares

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बुधबार कार्यकारी निर्देशक परिवर्तन गर्ने स्वास्थ्य मन्त्रालयको पत्र कार्यन्वयन नगर्न विपक्षी स्वास्थ्य मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

के पि ओलि सरकारको पालामा मन्त्रिपरिषद् बैठकबाट निर्णय भई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त भएका डा.विष्णुदत्त पौडेललाई हटाएर स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा.उज्जल चालिसेलाई निमित्त कार्यकारी निर्देशक बनाउने निर्णय गरेका थिए ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका डा.विष्णुदत्त पौडेलको पक्षमा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय स्वास्थ्यमन्त्रीले उल्टाए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार