मन्त्रिपरिषद्को निर्णय स्वास्थ्यमन्त्रीले उल्टाए

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त डाक्टर विष्णुदत्त पौडेललाई मन्त्रालयमा तानी डाक्टर उज्ज्वल चालिसे लाई निमित्त कार्यकारी निर्देशकको जिम्वेवारी दिएको छ ।
२०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ११ औँ तहमा डाक्टर विष्णुदत्त पौडेललाई ४ वर्षका लागि नियुक्ति दिइएको थियो । तर २ वर्ष ७ महिनामै मंगलबार पौडेललाई हटाएर स्वास्थ्य मन्त्रालयले उनको स्थानमा नवौं तहका डाक्टर उज्ज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका बरिष्ट व्यक्तिलाई कार्यकारी निर्देशकलाई हटाएर आफू निकटका कनिष्ठ व्यक्तिलाई कार्यकारी निर्देशक बनाएसंगैं स्वास्थ्य मन्त्री मोहन …