• शनिबार, साउन ९ २०८३

मन्त्रिपरिषद्को निर्णय स्वास्थ्यमन्त्रीले उल्टाए

कार्यकारी निर्देशकलाई मन्त्रालयमा काज सरुवा गर्दै कनिष्ठलाई निमित्त कार्यकारी निर्देशक


शुक्रबार, असार २२ २०८०
1.6K
Shares

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबाट भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त डाक्टर विष्णुदत्त पौडेललाई मन्त्रालयमा तानी डाक्टर उज्ज्वल चालिसे लाई निमित्त कार्यकारी निर्देशकको जिम्वेवारी दिएको छ ।

२०७७ साल मङ्सिर १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ११ औँ तहमा डाक्टर विष्णुदत्त पौडेललाई ४ वर्षका लागि नियुक्ति दिइएको थियो । तर २ वर्ष ७ महिनामै मंगलबार पौडेललाई हटाएर स्वास्थ्य मन्त्रालयले उनको स्थानमा नवौं तहका डाक्टर उज्ज्वल चालिसेलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका बरिष्ट व्यक्तिलाई कार्यकारी निर्देशकलाई हटाएर आफू निकटका कनिष्ठ व्यक्तिलाई कार्यकारी निर्देशक बनाएसंगैं स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको आलोचित बनेका छन् ।

पौडेललाई भने क्यान्सर रोगसम्बन्धी निकायगत समन्वयका लागि भन्दै मन्त्रालयमा काजमा बोलाइएको छ ।

कार्यकारी निर्देशक पौडेलले भने मन्त्रालयको पत्र हालसम्म बुझेका छैनन् । निमित्त कार्यकारी निर्देशकको जिम्मा दिइएका चालिसेले असार १९ गते नै अस्पतालको प्रशासन नियुक्ति पत्र बुझाइसकेका छन् ।

मन्त्री बस्नेतले आफ्नो निर्णय तत्काल फिर्ता नलिए पौडेल अदालत जाने तयारीमा छन् । मन्त्रिपरिषद्को निर्णय स्वास्थ्यमन्त्रीले उल्ट्याएको र मुनासिव कारण बिना कार्याबधि बाँकी छदै आफूलाई हटाइएको ले पौडेल अदालत जान लागेका हुन् ।

नियमानुसार मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्ले मात्रै उल्ट्याउन सक्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार