काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ९ दिनदेखि अस्पतालमै उपचारत छन् ।
गत असार २ गते उनलाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।
त्यसयता अस्पतालमै भर्ना गरेर उनको उपचार भइरहेको बताइएको छ ।
असार ५ मा पौडेलको मुटुको शल्यक्रिया गरिएको थियो। सेन्टरका चिकित्सकहरुले पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएदिएका थिए।
त्यसअघि उनी असार २ मै अस्पताल भर्ना भएका थिए। राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो।
सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलले आइतबार विज्ञप्ति निकालेर असार २ गतेदेखि उपचाररत् पौडेलको स्वास्थ्यअवस्था सामान्य रहेको बताएका छन्।
उनले पौडेलको स्वास्थ्य सामान्य रहे पनि हाल उनी चिकित्सकहरुको निगरानीमा रहेको पनि जानकारी दिएका छन्।

सम्बन्धित थप समाचार