राष्ट्रपतिको अवस्था स्थिर, सीसीयूमा राखेर उपचार हुँदै

काठमाडौं । मुटुमा पुन: समस्या आएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था स्थिर रहेकाे अस्पतालले जनाएकाे  छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पतालमा उपचाररत राष्ट्रपति  पौडेलको अवस्था स्थिर रहेको अस्पालले जनाएको हाे ।
अस्पतालले मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना भएका राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याइएका राष्ट्रपति पौडेललाई  बिहान ५ बजे नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।
पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।अहिले उनको सीसीयूको क्याबिनमा राखेर …