• शनिबार, साउन ९ २०८३

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


बुधबार, जेष्ठ ३१ २०८०
2.5K
Shares

काठमाडौं । काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको केन्द्रले जानकारी दिएको छ ।

स्वास्थ्य अवस्था सामान्य भएपछि राष्ट्रपति डिस्चार्ज भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अस्पतालले राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रही डिस्चार्ज भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । केन्द्रले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीप्रति राष्ट्रपतिले प्रकट गरेको विश्वासप्रति आभार व्यक्त गरेको छ ।

मंगलबार गंगालाल हृदयरोग केन्द्रमा राष्ट्रपति पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको सचिवालय स्रोतले जनाएको छ ।

उपचारमा संलग्न चिकित्सकले पौडेलको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा स्वास्थ्य समस्या देखिएको थियो ।

यो पनि पढ्नुहोस

मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार