• शुक्रबार, साउन ८ २०८३

राक्सिराङले ल्यायो ६० करोडको बजेट, कुन शिर्षकमा कति ?


शनिबार, असार ९ २०८०
1.5K
Shares

काठमाण्डाै‌ं । मकवानपुरको राक्सिराङ गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेकाे छ । पालिकाले आज शनिबार  ५९ करोड ९५ लाख २५ हजारकाे बजेट सार्वजनिक गरेकाे हाे ।

शनिबार गाउँपालिकाको चौथो गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को लागि उक्त बजेट पारित भएको हो।

पालिकालाई केन्द्रबाट सबै किसिमको अनुदान मार्फत ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ र प्रदेशबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ प्राप्त भएको बजेटमा उल्लेख गरिएको छ।

पालिकाले शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। स्वास्थ्यतर्फ ४ करोड ७० लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन गरेको राक्सिराङ्गले वन तथा भुस‌ंरक्षण, जलाधार संरक्षण र वातावरण संरक्षणमा २४ लाख ५० हजार रुपैया छ्ट्याएकाे छ ।

यसैगरी राेजगारी प्रवर्द्धनमा २५ लाख रुपैया विनियाेजन भएकाे छ भने आर्थिक विकासतर्फ ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै कृषितर्फ १ करोड ७२ लाख बजेट विनियोजन गरेको छ।

त्यस्तै पूर्वाधार विकास विकासतर्फ ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

शनिबार गाउँपालिका अध्यक्ष रामकुमार मल्लकाे अध्यक्षतामा भएको गाउँपालिकाको चौथो गाउँ सभामा पालिकाका उपाध्यक्ष वनस्तम थिङले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए।

सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भए पश्चात सर्वसम्मत पारित भएको हो।

यसैगरी गाउँसभामा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अर्थ विधेयक, २०८० र खर्च सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विनियोजन विधेयक,२०८० समेत पारित गरेको छ।

उक्क विधेयक गाउँपालिका अध्यक्षबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउने छ।

गाउँपालिकाकाे पूरा बजेट हेर्न तल राखिएकाे लिंक क्लिक गर्नुहाेस ।

राक्सिराङ्ग गाउँपालिकासंग सम्बन्धित अन्य समाचार

गर्जो टार्न मात्रै खाने हो गिट्ठा ? [कुराकानी]

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार