गर्जो टार्न मात्रै खाने हो गिट्ठा ? [कुराकानी]

मनहरी बजारबाट डेढ घण्टा जति अटोमा यात्रा गरेपछि पुगिन्छ देविटार गाउँ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ मा पर्ने यो गाउँमा मुख्य बसोबास चेपाङ समुदायको छ ।
साविक काँकडा गाविसका २, ३ र ४ नम्बर वडालाई मिलाएर अहिले वडा नम्बर ८ बनाइएको छ । भौगोलिक रुपमा अत्यन्त विकट मानिने यो वडाका गाउँहरु फिजारिएका छन् । फिजारिएकोमध्येका एक गाउँ देविटारसम्म पाँच ठाउँमा मनहरी खोला तर्दै अटो पुग्छ ।
देविटारमा करिब ३० घर छन्, सबै चेपाङ समुदायका । उनिहरु सबैजसो किसानी गर्छन् । रिपोर्टिङमा मकवानपुरका धेरै गाउँ पुग्ने सिलसिलामा जेठ दोस्रो साता हामी …