• शनिबार, साउन ९ २०८३

छात्रवृतिको विवरण नबुझाउने ३९ बोर्डिङलाई १ लाख रुपैयाँ जरिवाना, अटेर गरे स्वीकृति रद्द


बुधबार, असार ६ २०८०
1.3K
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश नगर्ने निजी विद्यालयहरूलाई कारबाही गरेको छ । हालसम्म छात्रवृत्तिको विवरण पेश गर्ने महानगरभित्रका ३९ वटा निजी विद्यालयहरूलाई १ लाख रुपैयाँका दरले जरिवाना गरेको हो ।

महानगरभित्र रहेका ५०४ निजी विद्यालयहरूमध्ये ४६५ विद्यालयले मात्र छात्रवृत्ति प्रदान गरेको विवरण महानगरमा पेश गरेका छन् । ती मध्ये ३९ वटा हालसम्म पनि विवरण पेश नगरेको महानगरले जनाएको छ ।

विवरण पेश नगर्ने विद्यालयहरूलाई जरिवाना गराएर पुनः अर्को मौका दिएको छ । त्यो समयमा समेत विवरण नबुझाएमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने महानगरले जनाएको छ ।

महानगरले २०८० वैशाख २४ गतेको परिपत्र र जेठ १० गतेको गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचना बमोजिम जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी जेठ १६ गते कार्यालय समयभित्र काठमाडौँ महानगरको शिक्षा विभागमा पेश गर्न सूचित गराएको थियो ।

उक्त अवधिमा धेरै विद्यालयहरूले छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गरेका थिए । तर, पेश नगरेका विद्यालयहरूलाई जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न अन्तिम पटक समय दिएको थियो । त्यो अवधिमा समेत विवरण पेश नगरेका विद्यालयहरूलाई जरिवाना गराएको हो ।

४६५ ले बुझाए छात्रवृत्तिको विवरण

काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका हुन् ।

त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको र प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने उनले जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस

पहिलो पटक काठमाडौँ महानगरका ५०४ निजी विद्यालयमध्ये ४६५ ले बुझाए छात्रवृत्तिकाे विवरण

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार