पहिलो पटक काठमाडौँ महानगरका ५०४ निजी विद्यालयमध्ये ४६५ ले बुझाए छात्रवृत्तिकाे विवरण
काठमाडौँ ।काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जाल मार्फत उक्त जानकारी दिएका हुन् । उनले लेखेका छन् महानगरको इतिहासमा यो पहिलो पटक हो ।
त्यसबाट लक्षित वर्गका १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको र प्राप्त विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने उनले जानकारी गराएका छन् ।
हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने र त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed