• सोमबार, साउन ११ २०८३

सिभिलखबर समाचार प्रभाव: सिभिल अस्पतालले नयाँ युपिएस किनेर छिट्टै सिटीस्क्यान चलाउने


बुधबार, चैत्र १ २०७९
1K
Shares

काठमाडौँ । सिभिल अस्पतालले शौचालयको पानी छिरेर तीन हप्तादेखि बन्द भएको सिटीस्क्यान सेवा नयाँ यूपिएस किनेरै भएपनि सञ्चालन गर्ने भएको छ ।

फागुन ११ गते यूपिएसमा शौचालयको पानी छिरेपछि बन्द भएको सिटी स्क्यान सेवा नियमित गराउन अस्प्तालले नयाँ यूपिएस खरिद गर्न लागेको जानकारी दिएको छ ।

बन्द भएको सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउन ढिलाइ भइरहेको अबस्थामा सिभिलखबरले समाचारमार्फत विषय बाहिर ल्याएपछि अस्पताल प्रशासनले युपिएस खरिद गरेरै सेवालाई निरन्तरता दिन अग्रसर भएको हो ।

लामो समय सेवा रोकिएकाले विरामीलाई अफ्ठेरो परेको बताउने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा भन्छन्, ‘अब नयाँ यूपिएस खरिद गर्ने गरी प्रक्रिय अघि बढाउँदैछौ ।’

नयाँ पूपिएस करिब २३ लाखको हाराहारीमा पर्ने उनको भनाइ छ । करिब ५ वर्षअघि खरिद गरिएको अमेरिक कम्पनीको यूपिएसमा शौचालयको पानी छिरेर बन्द भएको थियो ।

सेवा बन्द भएपछि मर्मत गर्ने की, नयाँ किन्न भन्नेमा अस्पताल दोधारमा थियो । त्यसकारण लामो समयदेखि सेवा बन्दकै अबस्थामा रहेपछि सिभिलखबरले शौचालयको पानी छिर्दा सिभिल अस्पतालको ‘सिटी स्क्यान’ बन्द शीर्षकमा समाचार सार्वजनिक गरेको थियो । त्यसको फलोअपमा अर्काे ‘सिटीस्क्यान’ बन्द भएपछि सिभिलका डाक्टर नामै तोकेर नीजिमा पठाउँछन् विरामीलाई शीर्षकमा समाचार आएपछि अस्पताल धैर्य नगरी नयाँ किन्ने मनस्थितिमा पुगेको हो ।

‘अब एक दुई दिनमै हामी टेण्डर निकाल्ने प्रक्रियामा छौ’, सापकोटाले भने, ‘पूरानोलाई पनि मर्मत गरेर अन्त कतै व्यवस्थापन गर्न सकिन्छ कि भन्ने प्रयासमा छौँ ।’

सिटी स्क्यान सेवा बन्द भएपछि सिभिलखबरले निरन्तर फलोअप समाचार प्रकाशन गर्दै आइरहेको थियो । यसअघि वीर अस्पतालमा पनि वीर अस्पतालमा सिटी स्क्यान ठप्प, बिरामीलाई नीजिमा जान यसरी पारिन्छ बाध्य शिर्षकमा सिभिलखबरको निरन्तर फलोअप समाचारले सिटी स्क्यान सेवा छिट्टै सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापन बाध्य भएको थियो ।

यो पनि,

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार