‘सिटीस्क्यान’ बन्द भएपछि सिभिलका डाक्टर नामै तोकेर नीजिमा पठाउँछन् विरामीलाई

काठमाडौँ । तीन साता अघि यूपिएसमा शौचालयको पानी छिरेर सिटी स्क्यान सेवा बन्द भएपछि सिभिल अस्पतालका चिकित्सकले नामै तोकेर विरामीलाई निजी ल्याबहरुमा पठाउने गरेको खुलेको छ ।

करिब ५ वर्ष अघि खरिद गरिएको अमेरिकन कम्पनीको यूपिएसमा गत फागुन ११ गते एक्कासी शौचालयको पाइप फुटेर पानी छिर्दा सेवा पूर्ण रुपमा बन्द भएको थियो । त्यसयता अस्पताल प्रशासनले मर्मतको प्रयास गरे पनि सेवा भने सुरु हुन नसकेको जनाएको छ ।

‘हामीले पानी पसेकै दिन मेकानिक बोलाएर देखायौं, उहाँको सल्लाहका एक हप्ता घाममा सुकायौं पनि’ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले भने ‘बन्छ/बन्दैन थाहा छैन, भारतबाट …