• सोमबार, साउन ११ २०८३

गोरखामा ८६ हजारबढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा


शुक्रबार, फाल्गुन १९ २०७९
870
Shares

सुदीप श्रेष्ठ
गोरखा ।
गोरखामा ८६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । स्वास्थ्य बीमा बोर्ड गोुरखाको तथ्यांक अनुसार जिल्लामा हालसम्म ८६ हजार २ सय ३३ जनाले स्वास्थ्य बीमा गराएको छन् ।

बीमा कार्यक्रममार्फत् पाँच जनासम्मको परिवारको तीन हजार ५ यस रुपैया बुझाएपछि त्यस घरमा रहेका सदस्यले रु एक लाख बराबरको औषधि उपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ ।

पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले ७ सय रुपैया बुझाउनु पर्दछ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य रु २० हजारदेखि दुई लाखसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ । सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी/एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा कार्यक्रममा सहभागी गराउदै आएको छ ।

हाल स्वास्थ्य बीमा गराएकाहरुले गोरखा जिल्ला अस्पतालसहित आँपपिपल अस्पताल, आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र, जौबारी प्राथामिक स्वास्थ्य केन्द्र र मकैसिं प्राथामिक स्वास्थ्य केन्द्रबाट सेवा लिइरहेको बीमा बोर्ड गोरखाका बिजय सिग्देलले जानकारी दिए ।

सरकारले गोरखाका यि ५ स्वास्थ्य संस्थालाई मात्रै बीमा कार्यक्रममा सुचिकृत गरेको बताइएको छ । स्वास्थ्य बीमा गराएका अधिकांश बीमा कार्यक्रमबाट सेवा लिइरहेको सिग्देलले बताए । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सो कार्यक्रम सुरू गरेको थियो।

यो पनि पढ्नुस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार