किन गर्ने स्वास्थ्य बीमा ? सेवा लिने कसरी ?

स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले हाल ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ । सबै नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्याउने उद्देश्यले राष्ट्रिय स्वास्थ्य बीमा नीति, २०७१ र सामाजिक सुरक्षा विकास समिति २०७१ बमोजिम आर्थिक वर्ष २०७२/७३ मा कैलाली वाग्लुङ र इलामबाट शुरु भएको यो कार्यक्रम हाल देशभर सञ्चालित छ ।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो ।

सम्पूर्ण नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा …