• शुक्रबार, साउन ८ २०८३

‘सि–स्टार’को ठगी: अनुसन्धान प्रगति शुन्य, पीडितबाटै सुराकको अपेक्षा गर्ने रोजगार विभागमाथि नै आशङ्का


बुधबार, फाल्गुन १० २०७९
1.8K
Shares

काठमाडौँ । एक हजारभन्दा बढी युवालाई वैदेशिक रोजगारीको लोभ देखाएर सामान्य तालिम केन्द्र सञ्चालन गरी करोडौँ रकम ठगी गर्ने सि-स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टरमाथिको अनुसन्धान प्रगति डेढ महिना हुँदा पनि शुन्य छ ।

काठमाडौँ महानगरपालिका-३ बाँसबारीमा रहेको सि-स्टारका सञ्चालक लालबहादुर लामा र सिइओ रोशन न्यौपालेले कानुन विपरित विदेश पठाउने लोभमा युवाहरुबाट करोडौँ ठगी गरेका थिए ।

तर उक्त घटनाको खास अनुसन्धान नै हुन सकिरहेको छैन । त्यसका सञ्चालक लालबहादुर लामा र सिइओ रोशन न्यौपाले अझै फरार छन् ।

वेदेशिक रोजगार विभागले गत पुस २२ गते सेन्टरको कार्यालयमा छापा मारेको थियो । प्रहरीसहितको सहयोगमा विभागले छापा मार्दा ९८० जनाको पासपोर्ट भेटिएको थियो । सो लगत्तै विभागले अनुसन्धान तथा मुद्दा शाखाका प्रमुखसमेत रहेका यादवप्रसाद पौडेलको संयोजकत्वमा ४ सदस्यीय छानबिन तथा अनुसन्धान समिति बनाएको थियो ।

समिति बनेको डेढ महिना वित्दासमेत ठगीमा संलग्न रहेका लामा र न्यौपाने कहाँ छन्, समितिले सुइँको पाउन सकेको छैन । पौडेल संयोजक रहेको अनुसन्धान समितिमा विभागकै इन्सपेक्टर मधु खड्का, शाखा अधिकृत केदारप्रसाद अधिकारी र आइटीका रामहरी रेग्मी सदस्य छन् ।

ट्रेनिङ सेन्टर स्थापना गरेर मेनपावरको काम गर्न खोज्ने सि स्टारले पिडित बनाएको भन्दै अहिलेसम्म एक हजारभन्दा बढी उजुरी विभागमा परिसकेको छ । हरेकसंग १ लाखदेखि १४ लाखसम्म रकम लिएर कोरिया, मकाउ, लिथोनिया, दुबई, मलेसियालगायतका देशमा रोजगारीका लागि पठाउने भन्दै ५० करोडभन्दा बढी रकम ठगी गरेको विभागले जनाएको छ ।

विभागले प्रभावकारी अनुसन्धान गर्न नसक्दा पीडितहरु झनै पीडित बन्न पुगेका छन् । महिनौ बित्दा अनुसन्धान प्रगती नदेखिदा पिडितहरुले विभागमाथी नै आशंका र प्रश्न गर्न थालेका छन् ।

अनुसन्धान संयोजक तोकिएका यादव पौडेल लामा र न्यौपाने कहाँ छन् भन्ने सुइँको पाउन नसकेको भन्दै निरिहता प्रकट गर्छन् । उनी भन्छन् ‘हामीले अनुसन्धान त गरिरहेकै छौँ, तर कहाँ छन् भन्ने संकेत पनि पाउन सकेनौँ ।’

पीडितबाटै सुराकीको अपेक्षा

पौडेलका अनुसार विभागले पीडित पक्षबाट समेत सुराकीको अपेक्षा गरेको छ । ‘सबै काम विभागलाई जिम्मा लगाइयो भनेर पीडित पनि चुप लागेर बस्न भएन, त्यत्रा हजार जना छन्, केही इन्फरमेशन त उहाँहरुबाट पनि आए हामीलाई सजिलो हुने थियो नि’ पौडेल सिभिलखबरसँग भने। ढिलो चाडो लामा र न्यौपाने कानूनको कठघरामा आउने विश्वास उनको छ ।

‘विश्व कत्रो छ र, हामीले सहज रुपमा आउँछन् भनेर चुप बसेको हो, भएन भने रेड र्कनर नोटस जारी गरेर भए पनि समातिहाल्छौ नि’ अनुसन्धान प्रमुख पौडेलले थपे ‘सानो अपराध होइन यो, पचासौँ करोड उठाएर भागेर सुख पाइन्छ र’

सि स्टारबाट पिडित बनेको भन्दै अहिलेसम्म पनि उजुरी आउने क्रम जारी रहेको उनको भनाइ छ ।

एक हजारलाई ठगी गरेको खुले पनि हालसम्म सि(स्टारका लामा र न्यौपानेले कति युवालाई प्रलोभनमा पारेर कति रकम ठगे भन्ने एकिन डाटा आइसकेको छैन । अझै बढी पीडित रहेको विभागको भनाइ छ ।

यो पनि

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार