• बुधबार, असोज ७ २०८३

एनआईसी एशिया बैंकद्वारा विन्ध्यवासिनी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


बुधबार, असोज ७ २०८३
215
Shares

गोरखा । एनआईसी एशिया बैंक लिमिटेड गोरखा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखा नगरपालिका–३ स्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

मंगलबार आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई झोला तथा कापी, कलम, पेन्सिल, इरेजर, सापनर, ज्योमेट्री बक्स, कलर पेपर र कलर पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर भट्टको अध्यक्षता तथा गोरखा नगरपालिका–३ का वडा अध्यक्ष चुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशराज सापकोटाले शैक्षिक सामग्रीले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पुग्नुका साथै शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान गर्ने बताए। उनले आगामी दिनमा पनि बैंकसँगको सहकार्य निरन्तर रहने अपेक्षा गर्दै एनआईसी एशिया बैंकलाई धन्यवाद ज्ञापन समेत गरे।

कार्यक्रममा एनआईसी एशिया बैंक गण्डकी प्रदेश प्रमुख श्वेता शेरचन, गण्डकी प्रदेश कार्यालयका समी पुन, एनआईसी एशिया बैंक गोरखा शाखाका शाखा प्रबन्धक दीपेन्द्र रेग्मी, सहायक प्रधानाध्यापक सजिना ढकाललगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा वडा सदस्य अञ्जना देवकोटा, वडा सचिव अनिल तिवारी, विद्यालय व्यवस्थापन समिति तथा गुणस्तर लेखाजोखा समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार