• आइतबार, असोज ४ २०८३

मनास्लुमा हिमपहिरो, दुई आरोहीको मृत्यु


आइतबार, असोज ४ २०८३
150
Shares

गोरखा । मनास्लु हिमालमा गएको हिमपहिरोमा पुरिएर दुई जना आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन्।

स्थानीयका अनुसार मनास्लु हिमाल आरोहणका क्रममा शनिबार उनीहरू तेस्रो शिविर पुगेका थिए। सोही रात एक्कासि हिमपहिरो खसेपछि टेन्टभित्र सुतिरहेका उनीहरू हिमपहिरोमा पुरिएका थिए।

हिमपहिरोमा पुरिएपछि उनीहरूको उद्धारका लागि प्रयास गरिएको भए पनि दुवै जनाको मृत्यु भएको बताइएको छ।

मनास्लु क्षेत्रमा पछिल्लो समय हिमपहिरो तथा हिमतालसम्बन्धी जोखिम बढ्दै गएको भन्दै स्थानीयले हिमाली क्षेत्रमा आरोही तथा स्थानीय बस्तीको सुरक्षाका लागि जोखिमको नियमित अध्ययन, निगरानी र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार