• आइतबार, असोज ४ २०८३

काँग्रेस देउवा समूहले भुगोल थापालाई बनायो गोरखा जिल्ला संयोजक


आइतबार, असोज ४ २०८३
185
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि भन्दै शेरबहादुर देउवा समूहले भुगोल थापालाई गोरखा जिल्ला संयोजक मनोनयन गरेको छ ।

१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले भदौ २५ गते पत्रमार्फत थापालाई जिल्ला संयोजक मनोनयन गरिएको जानकारी दिएका हुन् ।

समितिको भदौ १७ र १८ गते बसेको बैठकले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

महाधिवेशनअन्तर्गत असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।

थापालाई जिल्लामा संगठन मजबुत बनाउने जिम्मेवारीसहित संयोजक मनोनयन गरिएको पत्रमा उल्लेख छ । देउवा समूहले संस्थापनलाई चुनौती दिँदै आफ्नो गतिविधि गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार