• बुधबार, असोज ७ २०८३

बाढी पीडितका लागि मोडर्न र गोरखा बोर्डिङद्वारा २ लाख ७५ हजार सहयोग


बिहिबार, भाद्र १८ २०८३
1.1K
Shares

गोरखा । भोटेकोशी नदिमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि गोरखा सदरमुकामको मोडर्न सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल र गोरखा इङ्लिस बोर्डिङ स्कुल, पाटेचौरले संयुक्त रूपमा २ लाख ७५ हजार ८ सय १५ सहयोग गरेका छन्।

हरमुटारीमा रहेको मोडर्न सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलले जारी गरेको श्रद्धाञ्जली तथा समवेदना वक्तव्यअनुसार २०८३ भदौ १० गते भएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति विद्यालय परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै प्रभावित आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति गहिरो सहानुभूति र ऐक्यबद्धता जनाएको छ।

विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले दुवै विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यालय प्रशासनको सहभागितामा सहयोग रकम संकलन गरिएको हो। संकलित रकममध्ये १ लाख ४१ हजार २ सय रुपैया विद्यार्थी तथा अभिभावकबाट, शिक्षक तथा कर्मचारीबाट ७४ हजार ६२५ र विद्यालय प्रशासनबाट ६० हजार रुपैया संकलन भएको विद्यालयले जनाएको छ।

उक्त सहयोग रकम एब्द्यक्इल् च्भष्भिा ँगलम मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ। विद्यालयले भदौ १८ गते प्याब्सन केन्द्रमार्फत रकम पठाइएको जानकारी दिएको छ।

देश र जनता शोकमा डुबेको समयमा गरिएको यो सहयोगले विपत्तिमा परेका परिवारलाई केही राहत पुग्ने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। प्राकृतिक विपत्तिको यस कठिन घडीमा पीडित परिवारको साथमा उभिन सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न विद्यालयले अपिल गरेको छ।

मोडर्न सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, हरमटारीका प्रिन्सिपल सीताराम तिवारी तथा गोरखा इङ्लिस बोर्डिङ स्कुल, पाटेचौरका प्रिन्सिपल बाबुराम तिवारीले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा सहयोग रकम संकलनमा साथ दिने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार