• बुधबार, भाद्र १७ २०८३

बाढीपीडितका लागि धादिङ मुस्लिम समुदायको १ लाख ३४ हजार सहयोग


बुधबार, भाद्र १७ २०८३
140
Shares

काठमाडौं । यहि भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि धादिङ मुस्लिम समुदायले आर्थिक सहयोग गरेको छ।

बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ धादिङबेँसीस्थित मुस्लिम समुदाय, धादिङबेँसी तथा मदरसा हनिफिया रजवियाको संयुक्त आह्वानमा सञ्चालित अभियानबाट १ लाख ३४ हजार २०९ रुपैयाँ संकलन भएको हो।

अभियानमा मुस्लिम समुदायका सदस्यसँगै स्थानीय व्यवसायी तथा शुभेच्छुकहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए।

संकलित रकम बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत सम्बन्धित कोषको खातामा जम्मा गरिएको हो।

समुदायका प्रतिनिधिहरूले प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउनु सामाजिक दायित्व भएको बताएका छन्। विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकारी निकाय, सामाजिक संघसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ छ।

धादिङ मुस्लिम समुदायले आगामी दिनमा पनि विपद् तथा मानवीय संकटका अवस्थामा आवश्यक सहयोग र सामाजिक सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

बाढीपहिरोबाट प्रभावित नागरिकको राहतका लागि स्थानीयस्तरमा सञ्चालन गरिएको उक्त अभियानले विपद्को समयमा समुदायस्तरबाट हुने सहयोग तथा सामाजिक उत्तरदायित्वको अभ्यासलाई समेत देखाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार