गोरखा । गोरखा नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा ८ को नगरपालिका स्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयबाट परीक्षामा सहभागी भएका नियमित र ग्रेडवृद्धि तर्फका सबै ८१ जना विद्यार्थीहरु नै उत्तीर्ण हुन सफल भएपछि विद्यालयले १०० प्रतिशत नतिजा ल्याएको हो ।
नतिजाको विस्तृत विवरण अनुसार ३ जना विद्यार्थीले ४ जीपीए ल्याएर ए प्लस ग्रेड प्राप्त गरेका छन् भने ३ दशमलव ६१ देखि ३ दशमलव ९९ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ जना रहेको छ । त्यसैगरी, २६ जना विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए सहित एु ग्रेड र ४३ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीए ल्याएर बी प्लस ग्रेड प्राप्त गरेको प्रधानाध्यापक टेकबहादुर उपरकोटीले जानकारी दिए ।
विद्यालय परिवारले यस सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गरेको छ । शिक्षक, अभिभावक र विद्यार्थीको अथक मेहनतका कारण यो नतिजा सम्भव भएको विद्यालय प्रशासनले जनाएको छ ।
यो विद्यालय गोरखा जिल्लाका सामुदायिक मध्ये सबैभन्दा बढी विधार्थी अध्ययनरत विद्यालय हो । जहाँ एक हजार भन्दा बढी विधार्थी अध्ययनरत रहेको विद्यालयलले जनाएको छ । यो बर्षको शैक्षिक सत्रमा मात्रै झण्डै डेढसय विधार्थी नयाँ भर्ना भएको बताइएको छ । अझै बिभिन्न कक्षामा नयाँ भर्ना हुन आउने विधार्थीको संख्या बढिरहेको विद्यालयको भनाई छ ।
अंग्रेजी माध्यममा पढाई हुने यस विद्यालयले १२ कक्षासम्म अध्ययापन गराँउदै आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव केसीले बताए । यस विद्यालयले विधार्थीको सहजताका लागि स्कुल बस समेत सञ्चालन गर्दै आएको अध्यक्ष केसीको भनाई छ । । विद्यालयले यस बर्ष स्वर्ण महोत्सव मनाउने तयारी समेत गरिरहेको जनाएको छ ।