• शुक्रबार, साउन ८ २०८३

गोरखा क्षेत्र नम्वर १ को मतगणना सुरु


शनिबार, फाल्गुन २३ २०८२
1.6K
Shares

गोरखा क्षेत्र नम्वर १ को मतगणना सुरु भएको छ । केहीवेर अघिबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भइसकेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सो क्षेत्रको २३ मतदान केन्द्रका मतपेटिका ढुवानी गरिएको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए ।

जिल्ला समन्वय समितिको भवनमा मतगणना थालिएको उनले जानकारी दिए । कार्यालयको तथ्याङ्क अनुसार गोरखा–१ मा ६४ हजार ५ मत खसेको छ । कुल मतदाता संख्या भने १ लाख २० हजार ५२५ छन् ।

सो क्षेत्रमा कांग्रेसबाट प्रेम खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने र रास्वपाबाट सुधन गुरुङ उम्मेदवार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार