गोरखा । गोरखा क्षेत्र नम्बर २ मा हालसम्मको मतगणनामा रास्वपाका उम्मेदवार कबिन्द्र बुर्लाकोटी अग्र स्थानमा छन् । २ हजार ७ सय ३ मत गाणना हुँदा रास्वपाका बुर्लाकोटीले १ हजार ५ सय ७१ मत पाएका छन् भने नेकपा र काँग्रेसका उम्मेदवारले निकै कमजोर मत प्राप्त गरेका छन् ।
जसमा नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेले ४०९ प्राप्त गर्दा काँग्रेसका प्रकाशचन्द्र दवाडीले ३६४ मत पाएका छन् । उता एमालेका मिलन गुरुङ उर्फ चक्रे मिलनले ११० मत प्राप्त गरेका छन् । दोस्रो पटक सार्वजनिक गरिएको मतगणनाको नतिजा अनुसार रास्वपाका बुर्लाकोटीले मतान्तर बढाउँदै अघि बढेका छन् ।
यता गोरखा क्षेत्र नम्बर १ मा भने मतगणना अझै सुरु हुन सकेको छैन । मतपेटिका नै मतगणनास्थलसम्म ल्याउन ढिलाई हुँदा मतगणना अनिश्चित बनेको हो ।