• शुक्रबार, साउन ८ २०८३

प्रतिनिधी सभा निर्वाचन: गोरखामा झण्डै ५० प्रतिशत मत खस्यो


बिहिबार, फाल्गुन २१ २०८२
1.7K
Shares

गोरखा । आज भएको प्रतिनिधी सभा निर्वाचनमा गोरखामा झण्डै ५० प्रतिशत मत खसेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा ४९ दशमलव ६४ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर गरि १ लाख १३ हजार ७२५ जनाले मतदान गरेका छन् । जसमा ५८ हजार ५६२ महिला र ५५ हजार १६३ पुरुष रहेको बताइएको छ ।

अहिले मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको छ । तर उत्तरी गोरखाबाट भने मतपेटिका आज आउने छैन । भोली हेलिकप्टर मार्फत त्यसक्षृेत्रका मतपेटिका ल्याएपछि मतगणनाको प्रकृया सुरु हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार