• शुक्रबार, साउन ८ २०८३

प्रेस काउन्सिलले भन्योः “प्रेम खत्रीलाई जोडेर प्रकाशित फेक रेस्क्यू सम्बन्धि समाचार आधारहीन छ, तुरुन्त हटाउउनु”


बुधबार, फाल्गुन २० २०८२
1.1K
Shares

काठमाडौं । फेक रेस्क्यू प्रकरणमा गोरखा एकका काँग्रेस उम्मेदवार प्रेमकुमार खत्रीलाई जोडेर प्रकाशित समाचार आधारहीन र भ्रामक भएको भन्दै प्रेस काउन्सिल नेपालले २४ घण्टाभित्र उक्त सामग्री हटाउन कडा निर्देशन दिएको छ।

काउन्सिलले एक पत्र काट्दै, फेक रेस्क्यूको विषयमा प्रेमकुमार खत्रीलाई जोडेर प्रकाशित समाचारले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेको ठहर गरेको हो।

इमेज खबर, लालीगुराँस, न्यूज २४ लगायतले नक्कली उद्धार प्रकरणमा प्रेम खत्रीमाथि छानबिन सुरु भन्दै कपोकल्पित समाचार प्रकाशित गरेका थिए। उक्त सामग्रीको अनुगमन गर्दा कुनै पनि आधिकारिक निकाय वा सीआईबीबाट खत्री वा उनीसँग आबद्ध कम्पनीमाथि छानबिन भएको प्रमाण नभेटिएको काउन्सिलले स्पष्ट पारेको छ। विना कुनै आधार, प्रमाण र तथ्यगत पुष्टि विना नै निर्वाचनमा भाग लिएका उम्मेदवारको पक्ष वा विपक्षमा उभिएर इज्जत र प्रतिष्ठामा आँच पुऱ्याउने किसिमले एकतर्फी सामग्री पस्किएर चरित्र हत्याको प्रयास गरिएको काउन्सिलको निष्कर्ष छ।

काउन्सिलले उक्त सामग्री पत्रकार आचारसंहिता–२०७३ र निर्वाचन आचारसंहिता–२०७९ को विभिन्न दफा प्रतिकूल रहेको ठहर गर्दै २४ घण्टाभित्र सो समाचार स्थगित गर्न वा सम्पादन गरी हटाउन निर्देशन दिएको छ। यसका साथै, आगामी दिनमा यस्ता आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न समेत सचेत गराइएको छ।

प्रेम कुमार खत्रीले आफूमाथि लागेको आरोप पूर्णतः निराधार रहेको र कुनै पनि निकायले सोधपुछ समेत नगरेको अवस्थामा नियतवश भ्रम फैलाइएको भन्दै काउन्सिलमा उजुरी दिएका थिए।

हेनुस्, काउन्सिलले लेखेको पत्र

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार