• शुक्रबार, साउन ८ २०८३

प्रतिनिधी सभा निर्वाचन: गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई डा. बाबुराम भट्टराईको साथ


शनिबार, फाल्गुन १६ २०८२
1.9K
Shares

गोरखा । गोरखामा नेपाली काँग्रेसका दुवै उम्मेदवारलाई डा.बाबुराम भट्टराई निकट पार्टीले सघाउने भएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा डा. भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट हाल्ने औपचारिक निर्णय गरेको हो।

प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीका अनुसार, पार्टीको हालै सम्पन्न बैठकले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्ने निर्णय गरेको हो। काँग्रेसबाट क्षेत्र नम्बर १ मा प्रेमकुमार खत्री र २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार बनेका छन् ।

यता काँग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले डा भट्टराई निकट पार्टीको समर्थनपछि दुवै क्षेत्रमा जीत सुनिश्चित भएको प्रतिकृया दिएका छन् । ‘हामी जित्ने त कन्फर्म नै थियो, तर अब झन प्रलोपाको समर्थनपछि दुवै क्षेत्रमा भारी मतले जित्दैछौ’ सभापति न्यौपानेले भने ।

उनले प्रलोपासंग राजनीतिक सहकार्य मात्रै रहेको समेत बताए । ‘दुई पार्टीवीच कुनै भागबण्डाको लेनदेन छैन, यो नितान्त राजनीतिक सहकार्य हो, प्रत्यक्षमा उहाँहरुले काँग्रेसलाई सहयोग गर्न राजी हुनुभयो, हामीले त्यसलाई स्वागत ग¥यौं” सभापति न्यौपानेले थपे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार