• शुक्रबार, साउन ८ २०८३

यार्साको सूर्यदेवी आधारभूत विद्यालयको ३७औं बार्षिकोत्सव सम्पन्न


सोमबार, माघ १३ २०८२
2.4K
Shares

गोरखा । धार्चे गाउँपालिका वडा नम्बर ६ स्थित यार्साको सूर्यदेवी आधारभुत विद्यालयको ३७ औं बार्षिकोत्सव तथा अभिभावक समारोह दिवस सम्पन्न भएको छ । गत माघ ७ देखि ९ गतेसम्म बिभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाइएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पासा घलेको अध्यक्षतामा भएको समारोहमा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

समारोहकै अवसरमा बिभिन्न प्रतियोगिताका विजयीहरु विधार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको प्रधानाध्यापक देवराज गुरुङले जानकारी दिए । जसमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा गण्डकी मावि धार्चे २, रुन्चेतकी सारा गुरुङ प्रथम, श्री केरौजा मावि धार्चे २, केरौजाका राज विक द्धितिय र श्री मन्जुश्री मावि धार्चे ६, काशीगाउँकी प्रकृति गुरुङ तृतिय भएकी थिइन् ।

यसैगरी आधारभूत तह स्तरीय सामूहिक नृत्य प्रतियोगितामा गण्डकी मावि धार्चे २ पहिलो, रुन्चेत, विष्णु आवि आरुघाट १, धोरत दोस्रो र श्री केरौजा मावि धार्चे २, केरौजा तेस्रो भएको थियो ।

सोही अवसरमा विद्यालयको आन्तरिक अन्तर सदनात्मक कार्यक्रम समेत सम्पन्न भएको थियो । जसमा रेड हाउस प्रथम भएको बताइउको छ । विजेता विधार्थी, विद्यालय तथा सदनलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको प्रअ गुरुङले बताए ।

बार्षिकोत्सव समारोहलाई सम्बाधेन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले शैक्षिक सुधारका लागि गाउँपालिकाले प्राथमिकता दिएको जानकारी दिएका छन् ।

गाउँपालिकाभर रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक एवं भौतिक सुधारका लागि गाउँपालिकाले अरु क्षेत्रलाई भन्दा बढी बजेट बिनियोजन गरेको बताउदै उनले आगामी दिनमा शैक्षिक प्रणालीलाई डिजिटल बनाउनुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार