• शुक्रबार, साउन ८ २०८३

काँग्रेसले टुंग्यायो गोरखाका उम्मेदवार, १ बाट प्रेम, २ मा प्रकाशचन्द्र


सोमबार, माघ ६ २०८२
2.9K
Shares

गोरखा । नेपाली काँग्रेसले गोरखाका दुवै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि काँग्रेसले क्षेत्र नम्बर १ मा प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाउने भएको हो ।

क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खत्री पर्यटन व्यवसायीसंगै सम्भव नेपालका अध्यक्ष समेत हुन् । उनले सम्भव नेपाल मार्फत गोरखा क्षेत्र नम्बर १ लाई केन्द्रित गरेर एक दशकयता शिक्षा, स्वास्थ्य, कृषि, जिविकोपार्जन, स्वरोजगार, खेलकुद लगायत क्षेत्रको विकासमा काम गरिरहेका छन् ।

त्यस्तै २ का उम्मेदवार दवाडी २०७४ सालमा २ कै प्रदेश ख बाट निर्वाचित भएका प्रदेश साँसद हुन् । उनले समेत सो क्षेत्रको विकासमा काम गर्दै आइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार